ने.शि. महासंघ मकवानपुरगढी गाउँपालिका कार्यसमितिको पूर्णता घोषणा

ने.शि. महासंघ मकवानपुरगढी गाउँपालिका कार्यसमितिको पूर्णता घोषणा

    हेटौंडा, १७ माघ / नेपाल शिक्षक महासंघ मकवानपुरगढी गाउँपालिका कार्यसमितिको पूर्णताको घोषणा गरिएको छ । गाउँपालिकाभित्र सञ्चालनरत सम्पूर्ण विद्यालयमा कार्यरत शिक्षकहरुको भेलामा उक्त घोषणा गरिएको हो ।
    मकवानपुरगढी गाउँपालिका वडा नं. २ कुर्लेदमारस्थित श्री वंशगोपाल माध्यमिक विद्यालयको प्रांगणमा माघ १७ गते मकवानपुरगढी गाउँपालिकाका प्रमूख विदुर हुमागाईको प्रमूख आतिथ्यतामा एक समारोहको आयोजना गरी उक्त कार्यसमितिको पूर्णताको घोषणा गरिएको थियो । घोषणा गरिएसँगै नवनिर्वाचित पदाधिकारीहरुले सपथ ग्रहणसमेत गरेका छन् ।
    ढुङ्गेलको अध्यक्षतामा गठित शिक्षकका सबै पेशागत संस्थाका घटकहरु सम्मिलित १८ सदस्यीय कमिटिलाई प्रमुख अतिथि बिदुर हुमगाईले टीका लगाएर स्वागत गरेका हुन् । कार्यक्रममा शिक्षकका विभिन्न पेशागत संस्थाका शिक्षक नेताहरु श्रीराम दाहाल, रामकुमार अधिकारी, गोकुल लम्साल, खेमराज लामिछाने, राजु गौतम, पुरुषोत्तम आचार्य, सागर खतिवडा, केदार तिमल्सेना, सुनिल गौतम, दीपक अधिकारी, सन्देश तुम्सिङ मगर, बिष्णुप्रसाद न्यौपाने, प्रसाद लामिछाने, मुकुन्द न्यौपाने, रामचन्द्र न्यौपाने, बंश गोपाल मावि अध्यक्ष रामप्रसाद पुडासैनीलगायतको सहभागिता रहेको थियो ।
    नेपाल शिक्षक महासंघ मकवानपुरगढी कार्यसमितिका अध्यक्ष एवं श्री वंशगोपाल माध्यमिक विद्यालयका प्रधानअध्यक लीलानाथ ढुङ्गेलको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा विभिन्न राजनीतिक दलका भातृ संगठनका रुपमा गठित गाउँपालिकास्तरका प्रतिनिधिहरुको समेत आतिथ्यता रहेको थियो ।



सम्बन्धित समाचार