विद्यालय व्यवस्थापन समिति पुनर्गठन तथा शिक्षक अभिभावक भेला कार्यक्रम सम्पन्न

विद्यालय व्यवस्थापन समिति पुनर्गठन तथा शिक्षक अभिभावक भेला कार्यक्रम सम्पन्न

    कुर्ले, १७ माघ / मकवानपुरगढी गाउँपालिकाकै एक मात्र प्राविधिक शिक्षालय श्री वंशगोपाल माध्यमिक विद्यालयले विद्यालय व्यवस्थापन समिति पुनर्गठन तथा शिक्षक अभिभावक भेला कार्यक्रम सम्पन्न गरेको छ । विद्यालयले आफ्नै भवनको प्राङ्गणमा माघ १७ गते उक्त कार्यक्रम सम्पन्न गरेको हो ।
    श्री वंशगोपाल माध्यमिक विद्यालयको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रामप्रसाद पुडासैंनीको सभापतित्व तथा मकवानपुरगढी गाउँपालिका वडा नं. २ का वडा अध्यक्ष बखानसिंह पाखि«नको प्रमूख आतिथ्यतामा सम्पन्न उक्त कार्यक्रममा आगामी कार्यकालका लागि नयाँ कार्यसमिति गठन गरिएको थियो ।
    विद्यालय व्यवस्थापनको पुनर्गठित सदस्यहरु अधिकांश अघिल्लो कार्यसमितिकै सदस्यहरु रहेका छन् । विद्यालय व्यवस्थापनले अत्याधुनिक शिक्षा र प्राविधि शिक्षा प्रणालीलाई सफल तुल्याउने प्रकृया अघिल्लो कार्यसमितिले थालनी गरेकोले यसको पूर्णताका लागि व्यवस्थापन समितिका अघिल्लो कार्यकालका सदस्यहरुलाई जिम्मेवारी दिईएको बताइएको छ ।
    कार्यक्रमको उद्घाटन समारोहमा विद्यालयका प्रधानअध्यापक लीलाराज ढुङ्गेलले स्वागत मन्तव्य ब्यक्त गरेका थिए । त्यसैगरी उद्घाटन समारोहमा सहभागी अतिथिहरुले समेत भेलाको सफलताका शुभकामना मन्तव्य ब्यक्त गरेका थिए ।
    श्री वंशगोपाल माध्यमिक विद्यालयका सह प्रधानाध्यापक सन्देश तुम्सिङ मगरले सञ्चालन गरेको उक्त समारोह समापनपछि कार्यअवधि प्ुरा भएको अघिल्लो कार्यसमिति विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रामप्रसाद पुडासैंनीद्वारा विघटन गरी निर्वाचन समितिको प्रकृयासहित सर्वसम्मतिले नयाँ कार्यसमिति चयन गरिएको थियो । कार्यक्रममा विद्यालयका अधिकांश अभिभावकहरुको उपस्थिति रहेको थियो ।




सम्बन्धित समाचार