सामुदायिक वन उपभोक्ता समूहको वार्षिक साधारण सभा सम्पन्न

सामुदायिक वन उपभोक्ता समूहको वार्षिक साधारण सभा सम्पन्न

    आमभञ्ज्याङ, १८ माघ/मकवानपुरगढी गाउँपालिका वडा नं. ५ मा अवस्थित श्री नमूना सामुदायिक वन उपभोक्ता समूहको १८ औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । माघ १८ गते वन समूहको कार्यालयको आसपासमा एक समारोहको आयोजना गरी उक्त साधारणसभा सम्पन्न गरिएको हो ।
    समूहका अध्यक्ष वेदनाथ हुमागाईको अध्यक्षता र मकवानपुरगढी गाउँपालिका वडा ५ का अध्यक्ष जीतबहादुर घिमिरेको प्रमूख आतिथ्यतामा उदघाटन गरिएको उक्त समारोहमा समूहको गत आर्थिक वर्ष २०७५÷०७६ को आयव्ययसहित संस्थागत प्रतिवेदन पारित गरिएको थियो ।
    साधारणसभाको उद््घाटन समारोहमा अतिथिका रुपमा सहभागी विभिन्न संघ संस्थाका प्रतिनिधिहरुले वन संरक्षण गर्ने र वनपैदावार उपभोग गर्ने विषयमा आफ्ना गहन मन्तव्य पनि ब्यक्त गरेका थिए । आगामी आर्थिक वर्षका लागि नयाँ कार्यक्रमहरुको घोषणासहित सम्पन्न गरिएको उक्त साधारणसभामा वन समूहका उपभोक्ताहरुले वनसम्बन्धी सरकारले ल्याएको नयाँ ऐनले वन पैदावार उपभोग गर्न पाईने विषयमा चिन्ता व्यक्त गरेका थिए ।
    श्रीनमूना सामुदायिक वन उपभोक्ता समूहकी सचिव नन्दकुमारी विश्वकर्माले सञ्चालन गरेको उक्त समारोहलाई समूहका कोषाध्यक्ष नारायण बञ्जारा र सहसचिव रमेश तिमलसिना लगायतले आवश्यक व्यवस्थापन गरेका थिए ।


सम्बन्धित समाचार