सारदा उच्चमाविको २२ औं अभिभावक भेला सम्पन्न

सारदा उच्चमाविको २२ औं अभिभावक भेला सम्पन्न

    आमभञ्ज्याङ्ग, २४/ श्री सारदा उच्च माध्यमिक विद्यालय मकवानवपुरगढी–५ ले विद्यालयको २२ अभिभावक भेला सम्पन्न गरेको छ । विद्यालयले आफ्नो व्यवस्थापन समितिको नयाँ कार्यसमिति चयन समेत चयन गर्ने गरी उक्त भेला सम्पन्न गरेको हो ।
    विद्यालय व्यवस्थापन समितिका अध्यक्ष विष्णु दङ्गालको सभापतित्वमा सञ्चालित उक्त समारोहका प्रमूख अतिथि जिल्ला समन्वय समितिका अध्यक्ष रघुनाथ खुलालले सारदा उच्च माध्यमिक विद्यालयले २२ औं अभिभावक भेलासम्म आईपुग्दा निकै ठूलो प्रगति गरेको मूल्याङकन गरे । अध्यक्ष खुलालले शैक्षिक गुणस्तर बृद्धि गर्न विद्यालय व्यवस्थापन समितिको नेतृत्व सक्षम र सबल हुनु पर्नेमा जोड दिए ।
    कार्यक्रममा विशिष्ट अतिथिका रुपमा जिल्ला समन्वय समितिका उपाध्यक्ष भगवती पुडासैंनी र मकवानपुरगढी गाउँपालिकाका अध्यक्ष विदुर हुमागाईलगायत अतिथिका रुपमा शिक्षा विकास निर्देशनालयका निर्देशक चन्द्रप्रसाद लुईटेल, शिक्षा विकास समिति इकाई मकवानपुरका प्रमूख लीला गौतम, राष्ट्रिय परीक्षा बोर्डका प्रमूख कृष्णप्रसाद घिमिरे, शिक्षा विकास निर्देशनालयका मकवानपुरका उपसचिव रुद्रहरि भण्डारी, मकवानपुरगढी गाउँपालिकाका कार्यकारी प्रमूख रामप्रसाद पुडासैंनीको पनि सहभागिता रहेको थियो ।
    त्यसैगरी अभिभावक भेलाको उद्घाटन समारोहमा शिक्षा विद् पुरन जोशी, औपचारिक शिक्षा विकास निर्देशक रमेशप्रसाद घिमिरे, मकवानपुरगढी गाउँपालिकाका सामाजिक विकास तथा शिक्षा विकास संयोजक जीतबहादुर घिमिरेका सार्थै गाउँपालिकाको कार्यालयका शिक्षा प्रमूख रामबहादुर घलानको पनि अतिथिको रुपमा सहभागिता रहेको थियो ।
    विद्यालयले छात्रबृत्ति वितरणका लागि स्थापना गरेको अक्षय कोषमा सहयोग पुर्याउने विद्यालयका शिक्षक, स्थानीय उद्योमी, समाजसेवी तथा गन्यमान्य ब्यक्तिहरुलाई योगदानको कदरस्वप सम्मानप्रत्र समेत प्रदान गरेको थियो भने भेलामा सहभागीहरुको स्वास्थ्य सुरक्षाका लागि प्राथमिक उपचारस्थल समेत व्यवस्थापन गरिएको थियो ।
    कार्यक्रममा विद्यार्थीहरुको तर्पmबाट विमला स्याङतान र अभिभावकको तर्फबाट नारायणप्रसाद बञ्जाराले विद्यालयको वर्तमान अवस्थामा समस्या र गुनासो सहितको सुझाव ब्यक्त गरेका थिए । विद्यालयका सहायक प्रधानाध्यापक सीताराम दाहालले सञ्चालन गरेको कार्यक्रममा विद्यालयका अधिकांश अभिभावकहरुको सहभागिता रहेको थियो ।
    आयोजकका तर्पmबाट अतिथिका रुपमा निम्त्याईएका अधिकांश स्थानीय संघ संस्था र समाजसेवीहरुमध्ये समाजसेवी यतिराज सापकोटालगायतका गन्यमान्य व्यक्तिहरुको पनि उल्लेखनीय सहभागिता रहेको थियो ।
यो हेर्नुहोला कार्यक्रमको फोटो फिचर :



सम्बन्धित समाचार