काठमाडौँ । सीमा संरक्षण संघर्ष समितिले नेपालका उत्तरी भू–भागमा चिनले सीमा मिचेको भन्दै नापी विभागको गम्भीर ध्यानाकर्षण गराएको छ । समितिले आज नापी विभागमा ज्ञापनपत्र पेश गर्........." />
 

चिनले सीमा मिचेको भन्दै,युवाहरुबाट ज्ञापनपत्र पेश

विजय सिंह 2019-06-14 16:40:52 राजनीतिक

काठमाडौँ । सीमा संरक्षण संघर्ष समितिले नेपालका उत्तरी भू–भागमा चिनले सीमा मिचेको भन्दै नापी विभागको गम्भीर ध्यानाकर्षण गराएको छ । समितिले आज नापी विभागमा ज्ञापनपत्र पेश गर्दै सार्वभौम राष्ट्रको सीमा सुरक्षामा सरकारले गम्भीर रुपमा सोच्नुपर्ने जनाएको हो । समितिका सदस्यहरुले आज नापी विभाग मीनभवन कार्यालयमा पुगी ज्ञापनपत्र बुझाएका थिए ।

हुम्लाको फुराङ, रसुवाको साञ्जेन खोलाको २ हेक्टरसहित अन्य भूभाग, सिन्धुपाल्चोकको भोटेकोशी, संखुवासभाको अरुण लगायतका नदीको नौ हेक्टर नदीको भूभाग मिचेको समितिले बुझाएको ज्ञापनपत्रमा उल्लेख छ । ‘‘यी जिल्लाका नदी लगायतका भूभागमाथि चीनले कब्जा जमाएको छ जुन सार्वभौम राष्ट्रका लागि सार्वभौमिकतामाथिकै ठूलो प्रहार हो । ’’ ज्ञापनपत्रमा उल्लेख छ । 

ज्ञापनपत्रमा चिनले बोर्डरमा अब्जरभेसन पोष्ट खडा गरेको प्रति पनि विरोध जनाइएको छ । सीमा मिचेकोबारे बेलाबखत आवाज उठेपनि चीनले बेवास्ता गर्दै आएको ज्ञापनपत्रमा उल्लेख छ । 


‘‘ चिनिया राजदूतावासले पत्रकार सम्मेलन विभिन्न विषयमा धारणा सार्वजनिक गरेपनि सीमा मिचिएकोबारे केही नबोल्नु चिनिया सर्वसत्तावाद र विस्तारवादको रुपमा बुझ्न सकिन्छ । ’’ ज्ञापनपत्रमा उल्लेख छ ।  

पत्रपत्रिकाबाट

बिशेष विज्ञापन

Like Us On Facebook