अभिनेत्री दीपिका पादुकोण बस्ने अपार्टमेन्टमा भिषण आगलगी

तातोखबर 2018-06-14 15:21:25 मनोरञ्जन

जेठ ३१, सिरहा / बलिउड अभिनेत्री दीपिका पादुकोण बस्ने अपार्टमेन्टमा भिषण आगलगी भएको छ । उनी बस्ने ब्युमोन्ड टावर्सको ३३ औं तल्लामा आगलागी भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । दीपिकाले एक ट्वीत पोस्ट गर्दै भनेकी छन्, म अहिले सुरक्षित छु, सबैलाई धन्यवाद । आफ्नो जीवनमा दाउ लगाएर अरुको उद्धारमा खटिएका अग्नि नियन्त्रकका जीवन रक्षाको कामना गरौं ।

दीपिका सो अपार्टमेन्टको २६ औं तल्लामा बस्दै आएकी छिन् । तर, आगलगीको बेला उनी त्यहाँ थिइनन् । उनी सुटिङको लागि बाहिर छिन् ।

प्रहरीका अनुसार आगलागी करिब २ बजेर १० मिनेटमा माथिल्लो तल्लामा भएको थियो र केही बेरमै बाक्लो धुवाँको मूस्लो देखिएको थियो । दर्जनौं बारुणयन्त्रले आगोको लप्काहरु निभाउने प्रयास गरेका थिए । करिब ९० देखि ९५ व्यक्तिलाई सकसल उद्धार गरिएको जानकारी भारतीय सञ्चार माध्यमले जनाएका छन् ।

पत्रपत्रिकाबाट

बिशेष विज्ञापन

Like Us On Facebook