रामजानकी विवाह महोत्सव भव्य बनाउन तयारीमा जुट्यो प्रदेश सरकार

तातोखबर 2018-11-25 16:48:59 सामाजिक

जनकपुरधाम, मंसिर ९ । रामजानकी विवाह महोत्सव भव्य रुपमा मनाउने निर्णय गरेको प्रदेश सरकारले महोत्सवको तयारी सरकारी स्तरबाट तीव्र पारेको छ ।

जानकी मन्दिरसँगको सहकार्यमा प्रदेश सरकारले महोत्सवको तैयारी शुरु गरेको हो । महोत्सवको तयारीबारे जानकारी लिन र सम्बन्धित निकायलाई आवश्यक निर्देशन दिन मुख्यमन्त्री मो.लालबाबु राउत गद्दी आफै कार्यक्रमहरु स्थलहरुको निरीक्षण गरेका छन् ।

मुख्यमन्त्री राउतसहित भौतिक पूर्वाधारमन्त्री जितेन्द्र सोलन, विभिन्न मन्त्रालयका सचिव, जनकपुर उपमहानगरपालिाका मेयर लाल किशोर साह, सुरक्षा निकायका प्रमुखसहितको टोलीले स्वयम्बरस्थल रंगभूमि मैदान, जानकी मन्दिर परिसर सहितको स्थलगत निरिक्षण गरेका छन् ।

मुख्यमन्त्री राउतले विवाहपंचमी महोत्सव र योगीको जनकपुर भ्रमणबारे प्रदेश प्रहरीका प्रमुख डिआइजी हरि बहादुर पाल, धनुषाका प्रमुख जिल्ला अधिकारी, नेपाल प्रहरी र सशस्त्र प्रहरीका प्रहरी उपरीक्षकहरु संग सुरक्षा व्यवस्था बारे छलफल समेत गरेका छन् ।

यस वर्षको महोत्सवमा भारत उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथ समेत आउने भएपछि प्रदेश सरकारले महोत्सवलाई थप ऐतिहाँसिक बनाउन लागि परेको हो । उत्तर प्रदेशका मुख्यमन्त्री योगी मंसिर २६ गते जनकपुरधाम आई जानकी मन्दिरमा पूजा पाठ गर्नुका साथै रंगभूमि मैदानमा आयोजना हुने स्वयम्बर कार्यक्रममा समेत सहभागी हुने कार्यक्रम रहेको छ ।

उत्तर प्रदेशका मुख्यमन्त्री योगी २६ गते विहान १० बजे निजी विमानबाट जनकपुर विमान स्थलमा ओर्लिने र त्याहाँबाट सिधै जानकी मन्दिर पूजापाठका लागि जाने कार्यक्रम रहेको छ ।

त्यसपछि उनी मधेश भवनमा आयोजन हुने सम्मान कार्यक्रममा सहभागी हुने जनाइएको छ । मधेश भवनमा मुख्यमन्त्री राउतले उत्तर प्रदेशका मुख्यमन्त्री योगीको सम्मानमा दिवा भोजको आयोजना गर्नेछन् ।

सो अवसरमा मुख्यमन्त्री योगीसहित जन्ती बनेर आएका साधु सन्तहरुका लागि भण्डाराको कार्यक्रम समेत राखिएको सचिवालयले जनाएको । मधेश भवनमा हुने दिवाभोज पछि उत्तर प्रदेशका मुख्यमन्त्री योगी रंगभूमि मैदानमा जाने र त्यहाँ भगवान राम र माता सिताको स्वयंम्बर कार्यक्रममा सहभागी हुने कार्यक्रम रहेको छ ।

यी सबै कार्यक्रमलाई प्रदेश सरकारले जनकपुरधाम उपमहानगरपालिका र जानकी मन्दिरको समन्वयमा अगाडी बढाएको छ । यसका लागि प्रदेश सरकारले यस अघि नै ५० लाख रुपैयाँ विनियोजन गरिसकेको छ । Madheshvani

पत्रपत्रिकाबाट

बिशेष विज्ञापन

Like Us On Facebook