गौतमको ‘नशाचरी’ उपन्यास सार्वजनिक

तातोखबर 2018-03-22 12:13:50 मनोरञ्जन

    काठमाडौं, चैत २/ बजारमा नयाँ नयाँ साहित्यिक कृतिहरु आउने क्रममा साहित्यकार शम्भु गौतमले लेखेकोे उपन्यास ‘नशाचरी’ सार्वजनिक गरिएको छ । नेपाल प्रज्ञा–प्रतिष्ठानका कुलपति गंगाप्रसाद उपे्रतीले उक्त कृति विमोचन गरेका हुन् । विमोचित उपन्यास ‘नशाचरी’ ब्रदर बुक पव्लिकेशनले प्रकाशन गरी बजारमा ल्याएको हो ।
    प्रकाशित उक्त उपन्यासले बाध्यात्मक रुपमा यौन क्रियाकलापमा लाग्नुपरेका महिलालाई समाजले तिरस्कार नभई विकल्प खोजिदिनुपर्ने सन्देश दिइएको छ । राजधानीमा आयोजित पुस्तक विमोचन समारोहमा बोल्दै कुलपति उप्रेतीले समाज परिवर्तमा साहित्य र कलाको ठूलो योगदान रहने हुँदा समाजका विषयलाई साहित्यकारले उतार्नुपर्नेमा जोड दिएका थिए । प्रज्ञासभा सदस्य शशि लुमुम्बुले जीवन र जगत्लाई सहज रुपमा बुझाउन सिर्जना र कलाको प्रयोग गर्नुपर्नेमा जोड दिए ।
    कृतिमाथी सुझाव दिदै कवि तथा समालोचक सुरेश हाँचेकालीले पुस्तकले समाजको वास्तविकतालाई चित्रण गर्नु राम्रो पक्ष भए पनि अश्लील शब्द प्रयोग नगरेको भए अझ सुनमा सुगन्ध हुने धारणा ब्यक्त गरे । लेखक गौतमले नेपाली समाजका धेरै महिलाले यस किसिमको समस्या भोग्दै आएकाले यथार्थमा टेकेर पुस्तक लेखिएको जानकारी दिए ।

 

पत्रपत्रिकाबाट

बिशेष विज्ञापन

Like Us On Facebook