अहिले नेकपामा प्रवेश गरेका छैनौं, वार्ता जारी नै छ : सांसद गुप्ता

तातोखबर 2018-08-16 12:46:48 राजनीतिक

काठमाडौं, साउन ३१ / हृदयेश त्रिपाठी नेतृत्वको स्वतन्त्र राजनीतिक विचार समूह नेपाल कम्युनिष्ट पार्टीमा प्रवेश गर्नेबारे वार्ता भइरहेको सांसद् बृजेश कुमार गुप्ताले बताएका छन् ।
तत्कालीन नेकपा एमालेको चुनाव चिन्ह लिएर वाम गठबन्धनको तर्फबाट प्रतिनिधिसभा सदस्यमा स्वतन्त्र राजनीतिक समूहका दुई जना निर्वाचित भएका छन् । 
समूहका संयोजक हृदयेश त्रिपाठी नवलपरासी ९पश्चिम० निर्वाचन क्षेत्र नं। १ बाट र गुप्ता कपिलवस्तु निर्वाचन क्षेत्र नं। २ बाट विजयी भएका हुन् ।


वाम गठबन्धनका घटकहरुबीच एकीकरण भइसकेपछि सोही पार्टीमा त्रिपाठीले आफ्नो समूहलाई विलय गराउने भएका छन् ।


समूहका नेता गुप्ताले मधेशवाणीसँग कुराकानी गर्दै भने, ‘अहिलेसम्म हामी प्रवेश गरिसकेका छैनौं । नेकपाको चुनाव चिन्ह लिएर निर्वाचित भइसकेपछि सोही पार्टीमा प्रवेश गर्नका लागि वार्ता भइरहेको छ ।’


‘अहिले कुराकानी भइरहेको छ, केही दिनमा परिणाम आउँछ ।’ उनी पार्टी प्रवेश गर्नुभन्दा पहिला विभिन्न कुराहरुमा सहमति हुनुपर्ने बताउँछन् । Madheshvani

पत्रपत्रिकाबाट

बिशेष विज्ञापन

Like Us On Facebook