पदमुक्त गरिए प्रधानन्यायाधीश पराजुली

तातोखबर 2018-03-14 12:40:12 राजनीतिक

    काठमाडौं, फागुन ३० । सर्वोच्च अदालतका प्रधान न्यायाधिश गोपाल पराजुली पदमुक्त गरिएका छन् । सर्वोच्च अदालतका ९ न्यायाधीशले पराजुलीले तोकेको इजलास अश्वीकार गरेपछि प्रधान्यायाधीश विवादमा आएका प्रधान न्यायाधिश पराजुलीलाई न्याय परिषद सचिवालयको निर्णय अनुसार पदमुक्त गरिएको हो ।
    न्याय परिषद् सर्वोच्च अदालतका न्यायाधीशले नै बेञ्च बहिस्कार गरेपछि नैतिक संकट उत्पन्न भएकै कारण पदमुक्त गरिएको जनाएको छ । साउन ३१ मै ६५ वर्ष उमेर पुरा गरेको कारण खुलाएर प्रधान न्यायाधिश पराजुलीको उमेर हदका कारण पदमा नरहेको प्रष्ट्याएको छ ।
    न्याय परिषद् सचिवालयले न्याय परिषद सचिवालयले पदमा नरहेको पत्र नै काटेर नवनिर्वाचित राष्ट्रपतिलाई सपथ खुवाउनु शीतल निवासमा पुगेका पराजुलीलाई थमाएको न्याय परिषद् श्रोतले जनाएको छ । परिषदका सचिव नृपध्वज निरौलाद्धारा हस्ताक्षरित पत्रमा न्याय परिषद् ऐन २०७३ को दफा ३१ मा कुनै न्यायाधीश उमेरका कारण अवकास हुने भएमा सम्वन्धित न्यायाधीश र निकायलाई जानकारी गराउनु पर्ने उल्लेख गरिएको र सोही  अनुसार परिषद्को सचिवस्तरीय निर्णय अनुसार पराजुली पदमा नरहेको पत्र थमाईएको जनाईएको छ ।

 

पत्रपत्रिकाबाट

बिशेष विज्ञापन

Like Us On Facebook